दाेस्राे कार्यकालमा उत्साहजनक काम गर्दै वडा अध्यक्ष गुरुङ

२७ बैशाख, काठमाठाैं । स्वर्गद्वारी नगरपालिका नेपालको प्रदेश नं. ५ अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८००३६ु००ू देखि ८२०४८ु३०ू पूर्वी देशान्तर र २८०३०ु०५ू देखि २८०१२ु३०ू उतरी अक्षांश सम्म फैिलयर रहेको २२४,७० वर्ग. कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको उतरमा रोल्पा जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्मितिर दाङ र रोल्पा जिल्ला र दक्षिणमा दाङ जिल्ला र माण्डवी गाउँपालिका रहेको छ । स्वर्गद्वारी नगरपालिकामा ९ वडा वडामा बिभाजन गरिएको छ ।
जनताको मन र मत दुबै दिएर २०७९ सालको निर्वाचनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षमा जित्न सफल गिरे गुरुङ वडा अध्यक्ष हुनुहन्छ।
२०५२ सालमा गा.बि.स.मा वडा सदस्य भएर निरन्तर रुपमा समाज सेवामा लाग्नु भएका गुरुङ स्थानिय तह लागु भएको पहिलो कार्यकाल २०७४ सालमा पनि स्थानियले उहाँलाई वडाको प्रतिनिधित्वका रुपमा वडा अध्यक्षमा जिताएका हुन ।
उहाँले जगाएको उत्साह र विकास प्रतिको माया र लगावले गर्दा पुन २०७९ सालको निर्वाचनमा पनि समग्र वडाको जिम्मा स्थानिय बासीले मन र मत दुबै दिएर भरोसा आशाका साथ निर्वाचित गर्नुभयो।
निरन्तर रुपमा वडाका गतिबिधिमा अहोरात्र लागी रहनुभएको छ गुरुङ जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष गिरे गुरुङ ।
यस अघिको २०७४ सालको कार्यकाल पनि गुरुङको भएको विकास र जनले गुरुङलाई पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ। चालु आर्थिक बर्षको बजेटबाट वडाका ९० प्रतिशत विकास निर्माण काम वडाको सम्पन्न भएको वडा अध्यक्ष गुरुङले बताउनुभयो।
उहाँले भन्नुभयो, “ पहिलो कार्यकालमा शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिसकेको र स्थानियले केही राहतको महसुस गरेको अबका दिनमा हामीले कसरी अगाडी बढ्ने वडाका मुख्य समस्या के हुन भनेर योजना बनाएर अगाडी बढेका छौ ।
यस कार्यकालमा कृषिलाई पहिलो प्राथमिकताका साथ वडाका सम्रग गतिबिधि अगाडी बढाएको छौं । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।
भौतिक विकास गरेर मात्र हुुदैन मानविय चेतनाको स्तर स्थानियमा हुनपर्छ अनि मात्र घर, समाज, राष्ट्र परिवर्तन हुन्छ । त्यसैले यहाँका वडाबासीमा चेतनाको स्तर बढानउन वडाका गतिबिधि योजनाबद्ध गरेको कुरा वडा अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
वडामा परिवारिक बातावरण बनाएको छु । कुनै पनि काम गर्दा सहज र असहज दुईवटा पाटाहरु हुन्छन । चुनौतिका बाबुजुत काम गर्न सक्नुपर्छ सधै सहजता खोजेर विकास निर्माण हुदैन । जनताको सेवा गर्न पाउनु सामाजिक क्षेत्रमा होमीन पाउनु आफैमा गर्भको कुरा रहेको वडा अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयाे, ‘यहाँको जमिन उत्पादन मुलक छैने परम्परागत खेतिबाट जिविन स्तर उठाउन सकिदैन । व्यवसायिक मुलक कार्य गर्न पर्छ हामी लागी रहेका छौँ । वडामा समाधान संगै समस्या पनि रहेका छन । वडाका समस्या समाधानको लागी पहल गरिरहेको छौँ। ‘
वडा अध्यक्ष गिरे गुरुङले थप्दै भन्नुभयाे, ‘मलाई खुसी लाग्छ हामी फरक धार फरक आस्था बोकेका साथिहरु वडाका विकासका लागी चुनियका छौ । तर पनि सबैले साथ र सहयोग गर्नुभएको छ । विकास निमार्णमा अहोरात्र खटिरहनुभएको छ । हामी जनप्रतिनिधिहरुमा एकरुपता छ । हामी हातेमालो स्थानिय संग गरिरहेका छौ ।’
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे दाेस्राे पटक वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।
’