दुई जिल्ला जाेड्ने झाेलुङ्गे पुलकाे निर्माण अन्तिम चरणमा
काठमाडाैं । दुई जिल्ला जाेड्ने झाेलुङ्गे पुलकाे निर्माण अन्तिम चरणमा पुगेकाे छ । तनहुँ र चितवन जिल्ला जाेड्ने झाेलुङ्गे पुलकाे निर्माण अन्तिम चरणमा पुगेकाे हाे ।
पुल निर्माण पछि तनहुँकाे आबुखैरेनी गाउपालिका वडा नम्बर ५ दोन्द्राङ बेशी र चितवनकाे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालका जनता सहजै आवत जावत गर्न सक्छन्।
वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष गुरुङले तनहुँ र चितवन जिल्ला जाेड्ने झाेलुङ्गे निर्माण कार्य अन्तिम चरणमा पुगेकाे जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘आशा गरौँ केही दिनमै पुलकाे निर्माण कार्य सकिएर निर्वाध रूपमा सुचारु हुन्छ।’
उत्त स्थानमा रहेको झाेलुङ्गे पुल विगत ३ वर्ष अगाडि बर्षातको समयमा नदिको बहाब ले बगाएकाे थियाे ।
Facebook Comments Box







