राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्वारा बाख्रा पालन सम्बन्धी २ दिने तालिम

Share Icon

काठमाडाैं । बर्दियाको राजापुर नगरपालिका–६ को वडा कार्यालयले बाख्रा पालन सम्बन्धी २ दिने तालिम दिएकाे छ ।

वडा कार्यालयले ६० जनालाई २ दिने बाख्रापालन तालिम दिएकाे हाे ।

तालिमको उद्घाटन राजापुर नगरपालिकाका मेयर देपेश थारुले गर्नुभएकाे थियाे ।

वडा नम्बर ६ का वडा असराज न्याैपानेकाे सभापतित्वमा भएकाे तालिममा वडा भरिका मुक्तकमैया, मुक्तकमलरी, सुकुम्बासी, दलित र बाख्रा पालक कृषकहरूकाे सहभागिता रहेकाे थियाे ।

उनीहरू व्यवसायीकरण रुपमा आधुनिक बाख्रा पालन लागुन् र जिविको पाजर्नमा केही टेवा पुगोस् भन्ने उद्देश्यले तालिम दिइइकाे वडा अध्यक्ष न्याैपानेले जानकारी दिनुभयाे ।

तालिममा सहभागीहरूलाई आहारा व्यवस्थापन, खोर व्यवस्थापन, नश्ल सुधार, रोगको जोखिम करण, ब्रीड, बजारीकरण, विविधीकरण लगायतका विषयमा जानकारी गराइने बताइएकाे थियाे।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.