चीनले कमसल बनाएपछि भत्काउन थालियो कलंकी-कोटेश्वर सडक

Share Icon

काठमाडाैं । चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको चक्रपथअन्तर्गतको कलंकी-कोटेश्वर सडकखण्ड भत्काउन थालिएको छ।

निर्माण सम्पन्न भएको ४ वर्षमै बेसमेन्ट बिग्रिएपछि भत्काएर फेरि बनाउन लागिएको हो। सडक विभागका अनुसार कलंकी-बल्खु खण्डमा ‘बेसमेन्ट फेलियर’ भएपछि सडक भत्काउन सुरु गरिएको हो।

सडकमा कालोपत्रे भासिने, चर्किने र फुट्नेजस्ता समस्या देखिएकाले भत्काएर फेरि बनाउन लागिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिए।

सडकमा कालोपत्रे भासिने, चर्किने र फुट्नेजस्ता समस्या देखिएकाले भत्काएर फेरि बनाउन लागिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिए।

चीन सरकारले यसअघि नै हस्तान्तरण गरिसकेकाले अब सडक बनाउँदा लाग्ने खर्च भने विश्व बैंकको सहयोगमा नेपाल सरकारले व्यहोर्ने छ।

उनका अनुसार खसीबजारदेखि बल्खुसम्म करिब १ किलोमिटर सडक बनाइने छ। ‘बेसमेन्ट नै बिग्रिँदा कालोपत्रे बिग्रिएको थियो। कालोपत्रे दब्ने, फुट्ने, चर्किनेजस्ता समस्या सुधार गर्न लागेका हौं,’ उनले भने, ‘अब फेरि अर्को बेस राखेर पिच गर्छौं।’

उनले पहिलाको कालोपत्रेभन्दा पनि ‘बेस फेलियर’ भएको हुँदा स्तरोन्नति आवश्यक रहेको बताए। विभागले सडकको गुणस्तर जाँच गरेर सुधारको डिजाइन काम थालेको छ।

नेपाल सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच २०६९ पुस ३ मा सडक निर्माणकाे सम्झौता भएको थियो।

चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरेको थियो। सम्झौताअनुसार माघ २०७३ सम्ममा सक्ने लक्ष्य राखिए पनि भूकम्प र नाकाबन्दीका कारण दुई वर्ष ढिला गरी निर्माण सम्पन्न भएकाे थियाे।

करिब ५ अर्ब अनुदान सहायतामा निर्माण सकेर २०७५ माघमा तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी थिइन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.