Share Icon

२३ असाेज,काठमाडाैँ । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ ।

समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर टुटुवा देखि अधिकतम १३४७.०३ मिटर ९ कोटबाराही सम्मको उचाईमा अवस्थित छ ।

यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ ।

नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो ।

साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा गा.वि.स.का केही भूभागहरु समावेश गरेर देहाय वमोजिम ९ वटा वडाहरु रहने गरी यस नगरपालिकाको गठन भएको छ ।

गण्डकी प्रदेश तनहु जिल्लामा अवस्थित भिमाद नगरपालिका वडा नंं.१ का वडा अध्यक्ष दिपक आलेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

भिमाद नगरपालिका वडा नं.१ मा पालिकाबाट जम्मा बजेट ९९ लाख प्रदेशबाट ५ कराेड र संघबाट २ लाख ३३ हजार बजेट विनियोजन गरेको वडा अध्यक्ष दिपक आलेले जानकारी दिनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिपक आले।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष आलेले बताउनुभयोे ।

वडा अध्यक्ष आलेले भन्नुभयो, “पहिलो वर्षमा रहेका आधा अधुरा कामहरु सम्पन्न गर्नको लागि निरन्तर लागि परेका छौ ।”

वडा अध्यक्ष आलेले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु भइरहेको छ ।”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेको  छाैँ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष आलेले जानकारी दिनुभयो ।

वडा अध्यक्ष दिपक आलेले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon