Share Icon

२३ असाेज, काठमाडाैं । फक्ताङलुङ गाउँपालिका पूर्वीनेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुङ जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो ।

वि.सं. २०७३ सालमा सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन,खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कुल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ ।

यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोही अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या १२ हजार १७ रहेको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा ताप्लेजुङ जिल्लाको सिरीजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका, उत्तरमा चिन तथा दक्षिणमा फुङलिङ नगरपालिकासम्म फैलिएको छ ।

फक्ताङलुङ गाउँपालिका-३ का वडा अध्यक्ष आइतराम लिम्बुले भाैतिक पूर्वाधारकाे कामलाई पहिलाे प्राथमिकता दिएकाे बताउनुभएकाे छ। उहाँले वडा खबरसँग कुरा गर्दै बजेट अभावका कारण कतिपय विकास निर्माणका कामहरू श्रमदानबाट पनि गर्ने गरेकाे समेत बताउनुभएकाे हाे। सिंचाइकाे काम भएकाे र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेकाे पनि उहाँकाे भनाइ छ।

कृषकलाई अनुदान दिने काम पनि भइरहेकाे उहाँले जानकारी गराउनुभयाे । वडाकाे तर्फबाट कृषकलाई विविध प्रकारका बीउ र बाेट विरूवाहरू वितरण गरिरहेकाे पनि उहाँकाे भनाइ छ। साथै कृषकलाई आत्मनिर्भर बनाउनका लागि तालिम दिने काम पनि भइरहेकाे उहाँले बताउनुभयाे ।

सामुदायिक विद्यालयहरू यस वडामा ८ वटा रहेकाे र शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे । साथै कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ संचालन भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे । सामुदायिक विद्यालयमा वडाले समय-समय अनुगमन गर्ने गरेकाे पनि उहाँले जानकारी गराउनुभयाे । प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फत पदमार्ग बनाइएकाे र यसले विशेष गरेर नागरिकलाई स्वास्थ्य संस्थासम्म  जान सहज हाेस् भन्ने उश्यले पदमार्गकाे निर्माण गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

विद्युतकाे केन्द्रीय लाइनकाे विस्तार भएकाे पनि उहाँले बताउनुभयाे। एनटीसीकाे फाेरजी सेवा संचालन भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ।

साथै आर्थिक २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ३ लाई पालिकाले ३० लाख बजेट सिलिङ गरेको उहाँले बताउनुभयो। पहिलाे कार्यकाल चुनाैतीपूर्ण रहेकाे बताउँदै अध्यक्ष लिम्बुले दाेस्राे कार्यकालमा निर्वाचनको समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे पनि दावी गर्नुभयाे ।

Facebook Comments Box

Share Icon