Share Icon

१२ माघ , काठमाडाैँ । गोरखा जिल्ला स्थित धार्चे गाउपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएकाे छ ।

स्थानीय तहको निर्वाचपछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, बाटो सडक, बिजुली बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरिएकाे वडा अध्यक्ष सरोज गुरुङले बताउनुभयो ।

उहाँले वडा खबरसँग कुरा गर्दै भन्नुभयो, ‘वडामा योजनाहरु सबै पारित भइसकेको र अहिले कुनै पनि योजनाहरु सम्पन्न भएको छैन, ती योजनाहरु सम्पन्न गर्नको लागि हामी तीव्र गतिमा लागि परेका छौँ।’

वडामा दुईवटा सामुदायिक भवनको निमार्ण गर्ने योजनामा पनि रहेकाे वडा अध्यक्ष गुरूङले बताउनु भयाे । त्यसै गरी गोरेटो बाटो निर्माणकाे लागि पनि बजेट विनियोजन गरिएकाे उहाँले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो, ‘छात्राबासको लागि शौचालयको निमार्ण गर्ने योजनामा रहेको छ।’

कृषि क्षेत्रको विस्तारकाे लागि फूल खेती गरेर कृषिलाई व्यावसायमुखीकरण बनाउने योजना पनि रहेको उहाँले बताउनुभयो ।

त्यसै गरी सरसफाईको लागि टोल टोलमा गएर सरसफाई सम्बन्धी अभियान चलाउने योजनामा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ मैले आफनो कार्यकाल भित्र यस वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेकाे छु ।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर ,
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

वडा नम्बर २ का स्थानीय वडाबासीहरुप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि म सधैँ लागि पर्नेछु।

Facebook Comments Box

Share Icon