Share Icon

२५ बैशाख, काठमाडौं ।  सिद्धार्थ सामुदायिक बिकास केन्द्र बडिगाड गाउँपालिका ३ सिसाखानी बागलुङको १९ औं बार्षिक उत्सव तथा २५६७ औं वुद्ध जयन्तीको अवसरमा आयोजित बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वैशाख २१ गतेदखि सूरु भएको भएको कार्यक्रम अबधिभर पौराणिक कथामा आधारति सती घाटु नाचं पनि प्रर्दशन गरिएको भिसन घर्तिले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडाध्यक्ष खडक पुनले सती घाटु सिसाखानीसँगै बडिगाडकै मुख्य सास्कृतिक पहिचानको रुपमा रहेको हुदा नयाँ युवा पुस्ताले चासो दिनुपर्ने बताउनुभएको थियो । सती घाटुः जहाँ कन्या गीतले मुर्छित हुन्छन्, गीतले ब्युँतिन्छन् । अहिलेको पुस्तालाई सती प्रथाको बारेमा भन्यो भने कथा सुनाए जस्तै लाग्छ । तर यसको प्रतिकात्मक रुप बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानीमा अझै पनि देख्न पाईन्छ । गीतबाट मान्छे मुर्छित पार्ने र गीतबाटै मान्छे ब्युँताईन्छ भन्दा धेरैलाई लाग्न सक्छ, कुनै दन्त्यकथा सुनाईदैछ । अहिलेको युग विज्ञानको युग हो र विज्ञानले भौतिकवादलाई प्राथमिकता दिन्छ । यद्यपी हाम्रो कतिपय यस्ता संस्कार संस्कृतिहरु अझै पनि जीवित छन् जसले अध्यात्म र भगवान छन् भन्ने कुरामा भरोसा दिलाउँछ । यसको एउटा उदाहरण हो सती घाटु ।

सती घाटु पौराणिक धर्म ग्रन्थहरुमा आधारित रहेर गाइने गीत र त्यसैमा प्रस्तुत गर्ने नृत्य र हाउभाउ हो । अर्को शब्दमा भन्दा एक सताब्दी अगाडि नेपालमा चल्दै आएको सती प्रथाको अभिनय सहितको नृत्य हो—सती घाटु । नेपालको मगर र गुरुङ समुदायमा प्रचलित लोपोन्मुख घाटु नाँच अहिले पनि विभिन्न ठाउँमा देख्न पाईन्छ । तथापी सती घाटु करिब लोप हुने चरणमा पुगिसकेको छ । सती घाटुलाई जोगाई राख्न बडिगाडको सिसाखानीसँगै गल्कोटको रिघा र पाण्डबखानीमा पनि मेला महोत्सको आयोजना गरि प्रर्दशन गर्ने गरिन्छ ।

सिद्धार्थ सामुदायिक बिकास केन्द्रको आयोजनामा आयोजित पूरुष भलिबल प्रतियोगितमा भने ह्प्पी योङ हट कल्व रिघा मनेवाले उपाधी जितेको छ भने लौंगा हिमालय संरक्षण सञ्च बडिगाड ४ जल्जाला दितृय भएको छ । यस्तै महिला भलिबल प्रगियोगिताको उपाधी डिभाईन गु्रप सिसाखानीले जितेको छ भने देविस्थान युवा कल्व दितृय भएको छ । कल्वका अध्यक्ष लोक बहादुर श्रीसको अध्यक्षता रहेको समापन कार्यक्रमको सञ्चान समिर समिर पुनले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

Facebook Comments Box

Share Icon