Share Icon

२२ भदाै,काठमाडाैँ । तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम म्याग्दे कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन ।

जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो म्याग्दे ।

नेपालको स‌ंविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनस् संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन २७ गतेबाट स्ठानीय तह लागू गर्ने निर्णयअनुसार यस तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो ।

समावेश भएका साविकका गाविसहरुलाई विभाजन गरी जम्मा ७ वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ११५ वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ्ग गाउँपालिका रहेका छन् ।

लमजुङ जिल्लामा अवस्थित म्याग्दे गाउँपालिका वडा नं. ५ का वडा शिव बहादुर आलेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

म्याग्दे गाउँपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष शिव बहादुर आले ।

म्याग्दे गाउँपालिका वडा नं. ५ मा जम्मा बजेट पालिकाबाट ७२ लाख, प्रदेशबाट २० लाख, संघबाट २ लाख बजेट विनियोजन गएिको वडा अध्यक्ष शिव बहादुर आलेले जानकारी दिनुभयो ।

वडा अध्यक्ष आले भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष आलेले बताउनुभयोे ।

वडा अध्यक्ष आलेले भन्नुभयो, वडामा बाटोलाई पहिलो प्राथमिकता दिए साथसाथै वडामा रहेको साना तिना बाटोहरु स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने, कालोपत्रे गर्ने र पक्कि नालि बनाउने कामहरु सम्पन्न भएको छ ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयको मर्मत सम्भार, गेट निमार्ण गर्दै विद्यार्थीहरुलाई पोसाक वितरण गर्ने काम गरेको वडा अध्यक्ष आलेले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई मध्नजर गर्दै कृषि उत्पादन बढाउनको लागि तरकारी खेतिको लागि टनेलको वितरण गरेको, कृषि औजारहरु हाते टयाक्टरहरु वितरण गरेका छौ ।”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सुविधाहरु दिईरहेको र बेला बेलामा टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गरिरहेको वडा अध्यक्ष आलेको भनाई छ ।

उहाँले भन्नुभयो, “वडामा महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेका छौ ।”

त्यस्तै युवाहरुको लागि वडाबाट विभिन्न वडास्तरीय खेलकुदको व्यवस्था गरेको वडा अध्यक्ष आलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ ।”

उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon