Share Icon

१कात्तिक, काठमाडाैँ ।  नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं. २०७३ साल फाल्गुन २७ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलाई समेटेर बनाएको हो ।

लमजुङ जिल्लाका ८ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू(भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ ।

यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर, भैरवदेवी मन्दिर, सालमेडाँडा, सिमघारी गाउँ आदि रहेको छ ।

यस राइनास नगरपालिकालाई अनेकौ डाँडाकाडा, पहाड, लेक, वेसी, खहरे, नदीनाला, खोल्सा खोल्सी, उकाली ओराली, भज्याङ देउराली, थुम्काथुम्की, कोट गढी, मठ मन्दिर ,हरिया वन जंगल आदिले रोमाञ्चकता प्रदान गरिरहेका छन् ।

यिनै प्राकृतिक परिदृश्यमा यसले आ(आफ्नै मौलिकता अस्तित्व बोकेको छ । लमजुङ गार्खा भएर बग्ने पवित्र र स्वच्छ एंव निर्मल जलले बोराङ्खोला देखि साहिलीटार, टिमुरे, सातविसे, अल्कटार, तीनपिप्ले, स्याउली, धमिलीकुवा, गरमवेशी हुँदै चेपेघाट सम्म समथर खेतबारी र ठूला ठूला टारहरु सिंचित भएका छन् ।

गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित  राइनास नगरपालिका वडा नंं. ८ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाटले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

राइनास नगरपालिका वडा नं.८ मा पालिकाबाट २० लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष कृष्ण बहादुर रानाभाटले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष रानाभाटले बताउनुभयोे ।

वडा अध्यक्ष रानाभाटले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने याेजनामा रहेकाे  छ ।” उहाँले थप्दै भन्नुभयाे, वडामा एक घर एक धारा पुर्ण रूपमा सम्पन्न भइसकेेकाे छ ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूलाइ कापि र कलम किन्नकाे लागि बजेट  विनियोजन गरेको  उहाँको दाबी छ ।

साथै स्वास्थ्यको क्षेत्रमा वडामा स्वास्थ्यको भवनको निमार्ण कार्य भइरहेको वडा अध्यक्ष रानाभाटले प्रष्ट पार्नुभयो । त्यसै गरी युवाहरूलाइ लक्षित गर्दै वडा स्तरीय खेलकुदको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषिलाइ व्यवसायमय बनाउनको लागि कृषिकाे विउ विजनहरू वितरण गरेका छौ र कृषि विज्ञानबाट विभिन्न तालिमहरू सञ्चालन गर्ने योजना रहेको छ ।”

वडा अध्यक्ष कृष्ण बहादुर रानाभाटले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।” त्यसै गरी दशै तिहारलाइ लक्षित गर्दै सामुहिक रूपमा सरसफाइको अभियान चलाएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box

Share Icon