भौतिक पुर्वाधारमा विषेश जाेड दिएका छाैँ : अध्यक्ष पाैडेल
२ कात्तिक, काठमाडाैँ । नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं. २०७३ साल फाल्गुन २७ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलाई समेटेर बनाएको हो ।
लमजुङ जिल्लाका ८ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू(भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ ।
यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर, भैरवदेवी मन्दिर, सालमेडाँडा, सिमघारी गाउँ आदि रहेको छ ।
यस राइनास नगरपालिकालाई अनेकौ डाँडाकाडा, पहाड, लेक, वेसी, खहरे, नदीनाला, खोल्सा खोल्सी, उकाली ओराली, भज्याङ देउराली, थुम्काथुम्की, कोट गढी, मठ मन्दिर ,हरिया वन जंगल आदिले रोमाञ्चकता प्रदान गरिरहेका छन् ।
गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित राईनास नगरपालिका वडा नंं. ३ का वडा अध्यक्ष देब बहादुर पाैडेलले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
राईनास नगरपालिका वडा नं.३ मा पालिकाबाट २५ लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष देब बहादुर पाैडेलले बताउनुभयो ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष देब बहादुर पाैडेल ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाैडेलले बताउनुभयोे ।
वडा अध्यक्ष पाैडेलले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने याेजनामा छ ।”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँको दाबी छ ।
साथै स्वास्थ्यको क्षेत्रमा वडामा स्वास्थ्यको भवनको निमार्ण कार्य भइरहेको वडा अध्यक्ष पाैडेलले प्रष्ट पार्नुभयो । त्यसै गरी युवाहरूलाइ लक्षित गर्दै वडा स्तरीय खेलकुदको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषिलाइ व्यवसायमय बनाउनको लागि कृषि अौजारहरू वितरण गरेकाे विउँ विजनहरू अनुदानमा वितरण गर्ने र कृषि विज्ञानबाट विभिन्न तालिमहरू सञ्चालन गर्ने योजना रहेको छ ।”
त्यसै गरी महिलाहरूलाइ लक्षित गर्दै विभिन्न सिपमुलकहरू तालिमहरूकाे व्यवस्था गरेकाे उहाँले जानकारी दिनुभयाे ।
वडा अध्यक्ष देब बहादुर पाैडेलले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।” त्यसै गरी दशै तिहारलाइ लक्षित गर्दै सामुहिक रूपमा सरसफाइको अभियान चलाएको उहाँले जानकारी दिनुभयो ।