पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष तामाङ
२४ माघ काठमाडाैँ । बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. २ का चन्द्रकाजी तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर जुगल गाउँपालिका वडा नं. २ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. २ ले विकासको फड्को मारिहेको छ ।
वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”
उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।
पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
वडा अध्यक्ष तामाङले भन्नुभयो, “म वडामा निर्वाचित भइसकेपछी वडामा भएका गोरेटो बाटो तथा सडकहरुलाई अनुगमन गरेर गोरेटो बाटो तथा सडकहरु निमार्ण सँगै स्तर उन्नती गर्ने काम केही सम्पन्न गरेका छौँ, भने केही कामहरु भइरहेको छ ।”
त्यसैगरी वडा भौगोलीक रुपमा ठुलो क्षेत्रफलमा रहेकोले वडाका खोलानालालाई अध्यन गर्दै जोखीम तथा महत्वपुर्ण ठाँउहरुमा झोलुङ्गे पुलहरु निमार्ण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका परम्परागत संस्कृतीहरुलाई जोगाउदैै समाजमा भएका वा फैलीएका कुसंस्कृती तथा विकृतीहरुलाई नियंन्त्रण गर्ने र विभिन्न संस्कृतीमा हुने फजुल खर्चलाई रोक्ने योजना बनाएका छौँ ।”
वडामा सडकलाई विशेष प्राथमिकतामा राखेर विकास बाँकी रहेका योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
वडामा विशेष प्राथमिकतामा सडकलाई राखेसँगै वडामा सडकहरु निमार्ण सँगै स्तर उन्नती गर्ने कामहरु भइरहेको उहाँले बताउनुभयो ।
उहाँले वडामा बाँझो रहेका खेतीयोग्य जमीनहरुको माटो परीक्षण गरेर त्यहाँ उत्पादन हुने ओखर, आलु लगाएत नगदेबालीहरु लगाउन किसानहरुलाई प्रोत्साहन गर्ने र वडामै संकलन केन्द्र स्थापना गर्ने उद्देश्य लिएर अगाढी बढीरहेको बताउनुभयो ।
वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउने उद्देश्य लिएर विद्यालयहरुमा भौतीक संरचना र वृक्षरोपनका कामहरु भइरहेको छ ।”
त्यसैगरी वडामा रहेका स्वास्थ्य चौकीहरुमा शौचालय सँगै कोठाहरु व्यवस्थापन गरेर स्वास्थ्य सम्बन्धी सेवाहरु प्रभावकारी रुपमा प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
वडामा युवा, महिला तथा लक्षित वर्गहरुलाई के कस्तो योजना तथा कार्यक्रम बनाउने र दलित तथा जनजातीहरुको जिवीकोपार्जन कसरी गर्न सकीन्छ भन्ने विषयमा वडामा छलफल भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले हाम्रो वडालाई पर्यटकीय वडा बनाउने उद्देश्यका साथ वडा रहेको भिउ टावर नजिकै पर्यटकीयहरु बस्ने होमस्टेहरु निमार्ण गर्ने र वडामा रहेका धार्मीक स्थलहरुलाई पनि जोड दिइएका छौँ ।”
वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा शिक्षा, स्वास्थ्य, सडक लगाएत कृषि क्षेत्रहरुलाई जोड दिदैँ आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







