Share Icon

 २४ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १० मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १० का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष प्रदिप कुँवरले बताउनुभयो ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा पहिलो काम सम्पन्न गरेको भनेको यो वडामा सहरिया क्षेत्र बढि भएकोले जाड रक्सी खाएर झैझगडा धेरै गर्ने भएकोले त्यसको नियन्त्रण गर्नको लागि वडामा अस्थायी प्रहरी विटको स्थापना गर्ने काम समपन्न भएको छ । ”

बाटो सडकको स्तरउन्नती गर्दै बाटो ग्राभेल गर्ने, ढलान गर्ने कामहरु सम्पन्न भएको वडा अध्यक्ष कुँवर बताउनुभयो ।
शिक्षाको लागि शैक्षिक क्षेत्रमा आधुनिक शिक्षण प्रणाली लागु गर्नको लागि तिन वडा मा.वि. तहको व्यवस्थापकहरुको बैठक सञ्चालन गरेर कसरी जाने के गर्ने भन्ने योजनाका साथ अगाडि बढ्ने योजनामा रहेको छ ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा मध्यनजर गर्दै वडाको स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री ल्याउनको लागि बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।

त्यसै गरी खेलकुदको लागि वडा स्तरीय फुटबल र भलिबलको लागि वडाको पहलबाट बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उहाँ पहिले नै निरन्तर समाज सेवामा लागि रहनुभएको थियो ।

उहाँ  पहिले बृहत खानेपानी संस्थाको अध्यक्षको पदमा रहेर काम गर्नुभएको थियो । वडामा रहेरका योजनाहरु लगभग सम्पन्न भईसकेको र बाकी रहेका कामहरु यहि माघमा सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर १० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon