वडामा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः अध्यक्ष श्रेष्ठ
♠ध्रुब कार्की
२९ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्ला अवस्थित रामेछाप नगरपालिका रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो । यस नगरपालिका नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको हो ।
रामेछाप नगरपालिका साविकका गा.वि.स.हरु रामेछाप, सुकाजोर, ओख़ोनी र थप गोठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर गरी २०७३/११/२२ सालमा पुनः गठन गरीएको हो । यस नगरपालिकालाई ९ वटा वडामा विभाजन गरीएको छ ।
पछिल्लो समय रामेछाप नगरपालिका स्थित ५ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा हरिश्चन्द्र श्रेष्ठ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ हरिश्चन्द्र श्रेष्ठ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।
उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
रामेछाप नगरपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हरिश्चन्द्र श्रेष्ठ ।
वडा अध्यक्ष श्रेष्ठले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर वडामा रहेका साना तिना योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँको भनाई छ ।
हाल वडामा पचास प्रतिशत योजना काम सम्पन्न भए सँगै बाँकी रहेका योजनाका कामहरु समेटे्दै निरन्तर वडामा योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँले बताउनुभयाे ।
वडामा शिक्षाको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन विद्यालयलाई समेटेर पालिका लगाएत सरोकारवाला सँग बसेर बनाउन छलफल गर्दै लागीरहेका छौँ ।
त्यसैगरी वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिणर् भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”
त्यसैगरी वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।
वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
५ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाएर वडाको विकास गर्दै लगिने वडा नम्बर ५ का अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुणर् वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।







