Share Icon

♦ उमेश दलामी

२२ जेठ, काठमाडाैं । कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै छौं’ बजेट फ्रिजको प्रमुख कारण आर्थिक वर्षकोे अन्यतिर काम गर्ने प्रवित्तिलाई मानिन्छ ।

तर राप्ती सोनारीमा यो वर्ष बजेट फ्रिज नहुने दाबी पालिका अध्यक्ष तप्तबहादुर पौडेल गर्छन् । यसै विषयमा उनीसँग गरिउको भूगोल संवाद्..

यो वर्ष हामीले यो चाही काम राम्रो गर्न सफल भयौ भन्ने केही छ ?

छ नी, यो वर्ष हामीले राप्ती सोनारीमा स्वास्थ्यका क्षेत्रमा राम्रा काम गरेका छौं ।

चिस्यान केन्द्रको निर्माण गरेका छौं । एक पालिका एक खेल मैमानलाई यो वर्ष अन्तिम चरणमा पुर्याएका छौं । औद्योगिक ग्रामको परिकल्पना सुरु गरेका छौं । नीतिगत कुराहरुमा सुधार गरेका अवस्था छ ।

पूर्वाधार तथा बाटोहरु निर्माण भएका छन् । वर्थिङ सेन्टर पनि निर्माण भएको अवस्था भने छ ।  आर्थिक वर्ष २०७९र८० मा राप्ती सोनारी गाउँपालिकाले बनाएका बजेट तथा नीति कार्यक्रमको कार्यान्वयनको अवस्था कस्तो रहेको छ ?

राप्ती सोनारी गाउँपालिकाले यो आर्थिक वर्षमा जुन किसिमको बजेट तथा नीति कार्यक्रम बनाएको थियो, त्यसमा बजेटको अभावले केही कार्यक्रमलाई निरन्तरता दिन नसकेको भने हो ।

तर केही महत्वपूर्ण कार्यक्रम भने भएका छन् । सुशासनका क्षेत्रमा कस्तो काम भयो यो वर्ष रु सुशासनका क्षेत्रमा नीतिगत कार्यक्रम र दैनिक कार्यक्रमका विषयमा सुधार गरेको अवस्था छ । कर्मचारी समयमै आउने र सेवाग्राहीले पनि समयमै सेवा पाइरहेका छन् ।

वडा र पालिकाको समन्वय विस्तार गरेका छौं । जनताको प्रत्यक्षे उपस्थितिमा सार्वजनिक सुनुवाई र अन्य कार्यक्रमहरु पनि भई रहेका छन् ।

अहिले आर्थिक वर्ष २०८०र८१ का लागि योजना बनाउने चरणमा हुनुहुन्छ । कस्तो किसिमका बजेट तथा नीति कार्यक्रम बनाउन तपारी भई रहेको छ ?

हामीले ८०र८१ को बजेटमा कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै छौं ।  यसमा शिक्षामा निम्न ढंगले अगाडि बढ्ने र केही ढंगमा नीतिगत र केही ढंगमा पूर्वाधार विकासका लागि योजना बनाउँदै छौं ।

कृषि र शिक्षालाई जोड दिनुको कारण ?

भूगोल हिसाले ठूलो गाउँपालिका र यहाँको जमिन उत्पादनशिल छ, खेती योग्य छ । यहा भएका श्रमलाई बजारसँग जोड्न सके आम्दानीका क्षेत्र वृद्धि गर्न सक्छौं ।

र धेरैजसो जनसंख्या कृषिमा निर्भर भएका कारणले पनि कृषिलाई जोड दिएका छौं । अर्को हरेक किसिमका विकास शिक्षासँग जोडिने भएकाले शिक्षालाई जोड दिन खोजेका हौं ।

योजना छनौट गर्दै गर्दा केही योजनाहरु दोहोरो हुने समस्या देखिने गर्दछ । यसकालाई कसरी सम्बोधन गर्नु भएको छ ?

अहिले हामीले वडालाई सिलिङ दिएका छौं र कुन कुन कार्यक्रम पर्ने भनेर पहिले नै छलफल गरी सकेको अवस्था चाही छ ।

यसमा राप्ती सोनारीले विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न सरोकारवाला क्षेत्रसँग बसेर हामीले खुला आह्वान गरेर छलफल पनि गर्दैै छौं ।

आन्तरिक राजस्व संकलनमा पालिकाको कत्तिको जोड छ ?

पालिकाको आन्तरिक राजस्वको प्रमुख आधार नदी जन्य पदार्थ नै हो । यसमा ठेकेदारले पालिकालाई राजस्व नतिर्ने समस्या देखिएको छ ।

कहिले प्रशासनसँग, कहिले प्रहरीसँगको मिलेमतोमा दोहन भएको यथार्थ अवस्था चाही हो । तर पनि यसमा केही सुधारात्मक प्रयासहरु भने भइरहेका छन् । बेला–बेलामा नदीजन्य पदार्थको चोरी निकासी भएका घटनाहरु देखिरहन्छन् ।

यसमा पालिका कतै चुकेको छ की ?

पालिकाले सम्पूर्ण कोसिस गरिरहेको छ, पालिका चुकेको पनि छैन । नदीजन्य पदार्थका लागि सरोकारवाला निकाय भनेको जिल्ला समन्वय समिति, राजस्व, कर कार्यालय र स्वायम् हामी नै हो । प्रहरीले पक्राउ गरेका घटनामा जरिवाना गरेर छोड्ने गरेका छौं ।

Facebook Comments Box

Share Icon