नयाँ वर्षकाे अवसरमा वडा कार्यालयद्वारा फुटबल प्रतियाेगिता

काठमाडाैं । नयाँ वर्षकाे अवसरमा बढैयाताल गाउँपालिका वडा नम्बर १ काे कार्यालयले फुटबल प्रतियाेगिताकाे आयाेजना गरेकाे छ ।
वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीका अनुसार न्यू शान्ति स्पोर्टस क्लवको समन्वयमा नव वर्ष २०८० सालको अवसरमा वैशाख २१ गतेदेखि ३० गतेसम्म फुटवल प्रतियोगिता सञ्चालन गरिएकाे हाे ।
प्रतियोगितामा बिजेता हुन सफल वडा नम्बर ६, उपबिजेता हुन सफल वडा नम्बर १ र तेस्रो हुन सफल वडा नम्बर ४ लाई वडा नम्बर १ वडाबासीको तर्फबाट वडा अध्यक्ष क्षत्रीले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नु भएकाे छ ।
फुटबल खेललाई सफल बनाउन सहयोग गर्नु हुने सहयोगी दाता, आम दर्शक, अथितीगण, न्यू शान्ति स्पोर्टस क्लव वडा नं. १ का सम्पूर्ण समितिका टिम, स्वयमसेवक मित्र, सम्पूर्ण खेलाडी मित्र, एमपायर टिम लगायत खेल प्रेमी समाजसेवी वर्गहरूलाई पनि उहाँले धन्यवाद व्यक्त गर्नुभयाे ।