सभापोखरी गाउँपालिकामा सडक विस्तार त्रीव्र

Share Icon

बैशाख ३१ ,काठमाडाैं ।  संखुवासभाको सभापोखरी गाउँपालिकामा सडक विस्तार तथा सडक मर्मत कार्य त्रीव्र रुपमा अगाडी बढेको छ।

नया जनप्रतिनिधि आएपछि गाउँपालिका देखि सदरमुकाम खाँदबारी जोड्ने सडक विस्तार तथा मर्मतको कामलाई त्रीव्रताका साथ अगाडी बढाईएको गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुले बताए।

अध्यक्ष लिम्बुका अनुसार बाह्रबिसे,सभापोखरी देखि खाँदबारी नगरपालिका सम्मको सडकमा मर्मत,निमार्ण तथा निर्माणाधिन पुल,गेट तथा बाटोहरुको कार्य अनुगमन गर्दै तिब्र रुपमा कार्य सञ्चालनको लागि सम्बन्धित ठेकेदार तथा समितीका पदाधिकारीहरु बाँकी निर्माण कार्यहरु तिब्र रुपमा सम्पन्न गर्न अनुरोध गरिएको बताए।

सभापोखरी बाह्रबिसे सडक खण्डमा बाह्रै महिना गाडी चल्ने गरी मर्मत तथा निर्माण कार्य तिब्र रुपमा भैरहेको गाउँपालिका अध्यक्षको सचिबालयले जनाएको छ। अहिले सभापोखरी बाह्रबिसे सडक खण्डको बिभिन्न ठाउँहरुमा सडक कालोपत्रे ९पिच० गर्ने काम पनि भइरहेको जनाएको छ।

 

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.