Share Icon

बैशाख, काठमाडाैं ।  संखुवासभा गाउपालिका वडा नम्बर एक अन्गर्गत पर्ने डके बजारमा रहेको धुपू फेन्सी स्टोरमा बाहिर साइनबोर्डमा फेन्सी स्टोर लेखिएको भएपनि भित्र बिना दर्ता औसधी पसल सञ्चालन गरेको पाइएको छ ।

बाहिर साइनबोर्डमा धुपू फेन्सी स्टोर लेखिएको र भित्र कपडा संगै औसधी पसल बिक्री वितरण गरेको भेटिएको हो। डके बजारका एक ब्यापारीका अनुसार गाउँघरका औसधी पसलहरु बिना दर्ता, बाहिर बोर्डमा कपडाको र भित्र औसधी बिक्री वितरण हुने गरेको बताए।

अनुगमनकाे  तयारी गाउँपालिकाले गरिरहेकाे तथा कतिपयले जानेर कतिपयले नजानेर बिना दर्ता पसल गरिरहेकाे छन् । पहिलाे चरणमा गाउँपालिकाले सचेत गराएकाे छ। गाउँपालिकाले  पसलहरूमा अनुगमनकाे  तयारी गरिरहेकाे गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईले वडा खबरलाई जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon