Share Icon

५ फागुन,काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष राससका प्रमुख समाचारदाता उत्तम सिल्वाल तथा सहायक कम्प्युटर अपरेटर रेशमा शाक्यलाई प्रदान गरिने भएको छ ।

सिल्वाल र शाक्य दुई दशकअघिदेखि रासस केन्द्रीय कार्यालयमा कार्यरत हुनुहुन्छ । सङ्गठनको बैठकले राससको ६२औँ वार्षिकोत्सवका अवसरमा उहाँहरूलाई सो पुरस्कार प्रदान गर्ने सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ । प्रत्येक वर्ष दुई कर्मचारीलाई सो पुरस्कार प्रदान गरिँदै आइएको छ । नयाँसडक निवासी पूर्वव्यवस्थापक जोशीको घरबाट २०१८ साल फागुन ७ देखि राससको समाचार सेवा प्रारम्भ भएको थियो ।

विसं२०६६ मा स्थापित उक्त पुरस्कारबाट यसअघि राजु शाक्य, फिरुराम चौधरी, ध्रुवभक्त श्रेष्ठ, बलबहादुर विश्वकर्मा, मदन गौतम, शम्भुप्रसाद यादव, रमेश मिश्र, पवित्रा गुरुङ, कृष्णप्रसाद शर्मा, भोलानाथ पौडेल, रामभगत बुढाथोकी, मङ्गलबहादुर जलाहारी, न्हुछेराज बज्राचार्य, सागुरसिंह राना, जगतकृष्ण श्रेष्ठ, रजनी बज्राचार्य, तीर्थप्रसाद भट्टराई, रामलाल श्रेष्ठ, विष्णुप्रसाद लामिछाने, हरि बास्तोला, दीपराज सन्याल, राजेशकुमार श्रेष्ठ, मधुसुदन अर्याल र विष्णुबहादुर थापा सम्मानित भइसक्नुभएको छ ।

Facebook Comments Box

Share Icon