Share Icon

१० माघ, काठमाडाैं।  कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर २ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेको छ । स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर गोविन्द वि.क वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

सर्वप्रथम वडामा आई सकेपछि उपभोकता समिति गठन गरेर बाटो सडकको मर्मत सम्भार गर्ने काम सम्पन्न गरेका छौ । त्यस्तै वडामा बाख्रा, बंगुरहरु वितरण गर्ने काम सम्पन्न गरेका छौ । बर्दगोरिया धाममा रहेका आधा अधुरा कामहरु तिब्ब्र गतिमा भईरहेका छन ।

त्यस्तै बाटो सडकको क्षेत्रमा स्तरउन्नतिका साथ साथै कालोपत्रे गर्ने तयारीमा रहेको छ । धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई पनि चासो राख्दै अम शान्तिको मन्दिर निमार्ण कार्य निरन्तर भईरहेको छ ।

स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै पक्कि स्वास्थ्य चौकीको भवनको निमार्ण काम भईरहेको छ । त्यस्तै वडामा धेरै योजनाहरु रहेका छन्,उक्त योजनाहरु सम्पन्न गर्न उपभोक्ता समितिसंग सम्झौता गरेर अब कामहरु माघि पछि सुचारु गर्ने तयारीमा रहेका छौ ।

कृषि क्षेत्रमा नयाँ विउँ विजन वितरण गरेको , रासायनिक मल वितरण गरेको तथा कृषकलाई कृषि सम्बन्धि सिविर सञ्चालन गरेका छौ । स्वास्थ्य क्षेत्रलाई पनि जोड दिदै निशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरेका छौ ।

त्यस्तै खानेपानिको क्षेत्रमा घरघरमा धारा पुराउने लक्ष्यका साथ काम गरेका छौ । त्यसै गरी अहिले यस वडामा माघि मेला लागि रहेका छ , उक्त मेलामा वडाले पनि आर्थिक सहयोग गरेको छ ।

उहाँले भन्नुभयो, वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् , उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्न हामी निरन्तर लागि परेका छौ । वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ ।

अन्त्यमा वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon