Share Icon

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा विद्युत लाइन विस्तारकाे क्रममा वडावासीहरू श्रमदान गरिरहेका छन् ।

वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले विद्युत लाइन विस्तारकाे क्रममा वडावासीहरू श्रमदान गरिरहेकाे बताउनु भयाे ।

उहाँले शनिबार ग्रामिण विद्युतीकरण उपभोक्ता समिति सुर्यगढी-१, बाट सञ्चालित ग्रमिण विद्युतीकरण योजना अन्तर्गतको नयाँ लाइन विस्तारको काममा अङ्गेरिपाटी टाेलका स्थानिय उपभोताहरु र जनप्रतिनिधि, शिक्षक तथा समाजसेवीहरूले श्रमदान गरेकाे बताउनु भयाे ।

उहाँले ३ दिनसम्म विद्युत पोल गाड्न श्रमदान कर्यक्रम सञ्चालन हुने जानकारी दिनुभयाे। श्रमदान अभियानमा जोडिएकाहरूलाई हार्दिक धन्यवादसमेत वडा अध्यक्ष तमाङले व्यक्त गर्नुभयाे ।

Facebook Comments Box

Share Icon