Share Icon

३ कार्तिक, काठमाडाैं । नेपाल विश्व मानचित्रमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित शान्ति क्षेत्रको रुपमा चर्चित मुलुक हो ।

प्राकृतिक सम्पदाको रुपमा रहेको जलश्रोतमा विश्वकै ब्राजिल पछाडीको दोस्रो धनी राष्ट्रका रुपमा सुपरिचित छ । गौतम बुद्ध, अरनिको, सीता आदि विभूतिहरुले जन्म लिएको पवित्र पावन भूमि, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरित कृषि प्रधान देश हो ।

नेपालको बदलिंदो राजनैतिक परिवर्तन पश्चात संघीय मुलुकमा रुपान्तरित भई बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्ला उत्तरतर्फ पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम काउण्टि अन्तर्गत खासा नजिक रहेको पर्यटन तथा धार्मिक, साँस्कृतिक दृष्टिकोणले पवित्र पावन भूमिको रुपमा यस क्षेत्र रहेको छ । सिन्धुपाल्चोक जिल्लाका ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका मध्यको भोटेकोशी गाउँपालिका एक हो ।

भोटेकोशी बागमती प्रदेश नेपालको उत्तरी क्षेत्रको सिन्धुपाल्चोक जिल्लाको हिमाली गाउँपालिका अन्तर्गत पर्दछ । शिल्पकार अरनिको ई.सं. १२६० मा तिब्बतको ल्हासा चीनको राजधानी बेइजिङ जाँदा यही बाटो भएर गएकाले काठमाडाैंदेखि कोदारी सम्मको मोटरबाटोलाई निजकै सम्मानमा अरनिको राजमार्ग राखिएको हो । अंशुबर्माको छोरी भृकुटी तिब्बत जाँदा यही बाटो भएर गएकी थिइन् । कैलाश मानसरोवर जाने पर्यटकहरु यही बाटो भएर जाने गर्दछन् । भोटेकोशी गाउँपालिका समुद्र सतह देखि १५ सय मिटर उचाईमा पर्दछ ।

गाउँपालिकाको कुल क्षेत्रफल २७८.३१ वर्ग किलाेमिटर रहेको छ । यसको पूर्वमा दोलखा, गौरीशंकर गाउँपालिका र चीन पर्दछ । पश्चिममा बाह्रबिसे नगरपालिका र जुगल गा.पा., उत्तरमा चीन, दक्षिणमा बाह्रबिसे नगरपालिका पर्दछ । भोटेकोशी गाउँपालिका साविकको गा.वि.स. लिस्तीकोट, तातोपानी, फुल्पिङकट्टी र मार्मिङ मिलाएर हाल ५ वडामा विभाजित छ । यस भोटेकोशी गाउँपालिकामा करिब ४ हजार ४ सय २९ घरधुरीमा कुल जनसंख्या १७ हजार १ सय ५६ रहेको छ ।

भाेटेकाेशी गाउँपालिका-१ का वडा अध्यक्ष साङ्बु लामाले वर्षाकाे समयमा सडकमा सवारी साधन संचालन गर्न कठिनाइ भइरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । बाह्रै महिना सडकमा सवारी संचालन भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे।

सामुदायिक विद्यालय सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे। यस वडामा ९ वटा सामुदायिक विद्यालय रहेकाे बताउँदै उहाँले शिक्षककाे कमी रहेकाे र विद्यार्थीकाे संख्या पनि न्यून रहेकाे जानकारी गराउनुभएकाे हाे । यसकाे बारेमा गाउँपालिकामा पनि कुरा गरेकाे उहाँकाे भनाइ छ। विद्यार्थीकाे संख्या कम भएका कारणले २ वटा सामुदायिक विद्यालयलाई मर्ज गर्ने याेजना रहेकाे उहाँले बताउनुभएकाे हाे ।

वडामा ४ वटा सामुदायिक स्वास्थ्य संस्था रहेकाे बताउँदै उहाँले सामान्य बिरामीलाई उपचार गर्नका लागि समस्या नरहेकाे पनि बताउनुभयाे। खानेपानीकाे हकमा भने गुम्बा टाेलमा अभाव रहेकाे उहाँले बताउनुभएकाे छ। साथै अन्य स्थानमा भने एशिया नेपाल संस्था र वडाकाे साझेदारीमा ४५-५० घर धुरीमा  एक घर एक धारा तिहार अघि नै खानेपानी पुराउने उहाँले बताउनुभयाे । साेही खानेपानीलाई कृषिमा पनि प्रयाेग गर्ने उहाँले बताउनुभएकाे हाे ।

पर्यटन क्षेत्रकाे प्रचूर सम्भावना भएकाे उहाँले बताउनुभयाे । आन्तररिक पर्यटककाे सम्भावना भएकाले नमूना भैरव कुण्डताललाई पर्यटकी क्षेत्र बनाउने काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे । साथै उत्कृष्ट नमूना गाउँ घाेषणा गरेकाे पनि उहाँले जानकारी गराउनुभयाे । कृषि क्षेत्रमा विशेष रूपमा जाेड दिएकाे उहाँकाे भनाइ छ। कृषिमा आत्मनिर्भर गर्नका लागि अघि बढिरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । कृषिमा यहाँ आलु र किवी बढी मात्रमा हुने उहाँकाे भनाइ छ ।

युवा लक्षित कार्यक्रमहरूअन्तर्गत बाख्रापालन र पशुपालन संचालन भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै लिस्ति फुटबल मैदानकाे पनि डीपीआर तयार भएकाे उहाँकाे भनाइ छ। शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे।साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर १ लाई पालिकाले ४ कराेड २१ लाख बजेटकाे सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका ७० प्रतिशत भन्दा बढी मागलाई ५ वर्षभित्रमा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष लामाकाे दावी छ।

Facebook Comments Box

Share Icon