Share Icon

२५ माघ, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश बर्दिया जिल्ला गुलरियास्थित ११ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा बिष्णु यादव निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले विद्यार्थी जिवनमा राजनीतिक यात्रा सुरु गरेर सानै उमेरमा वडा अध्यक्षको यात्रामा सफलता प्राप्ती गनुभएकाे हो ।

वडा नम्बर ११ का वडा अध्यक्ष यादव वडामा अहोरात्र खटिरहेका छन् । पछिल्लो समय वडा नम्बर ११ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको वडा नम्बर ११ का अध्यक्ष यादवले बताउनुभयोे ।

११ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष यादवले बताउनुभयो।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको साथै वडामा वडाकाे विकासका लागी अहोरात्र खटिरहेका छाैं  वडा अध्यक्ष यादवले बताउनुभयाे ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरेको र काम अगाडी बढिसकेको जानकारी वडा ११ का अध्यक्ष यादवले बताउनुभयोे ।

सम्रग गाउँमा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउनुभयो । हाम्रो वडामा खानेपानि र बाटा शिक्षाको समस्या रहेको यसलाई समाधान गर्न हामी लागी परेको अध्यक्ष यादवले बताउनुभयो ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष यादवले वताउनुभयो।

वडामा बसेर काम गर्दा चुनौती पनि रहेको छ । तर चुनौतिका बावुजुत हामीले निरन्तर रुपमा लागी परेका छौ ।

हाम्रो जिम्मेवारी हो । समाज सेवा रोजेको छु समाज सेवामै समर्पित रहने छु । सदैव वडा बासिको हरेक सुख दुखमा साथ दिनेछु हाम्रो वडामा रहेका हरेक समस्याहरु समाधानका लागि निरन्तर लागि रहने छु अध्यक्ष यादवले बताउनुभयो ।

त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी वडामा अहोरात्र खटिरहेका छौ अध्यक्ष यादवले बताउनुभयो।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ११ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ११ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon