Share Icon

२६ असोज, काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२र०६र०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको हो ।

साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ वर्ग.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ वर्ग.कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ ।

यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् ।

गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित भानु नगरपालिका वडा नंं. ७ का वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

भानु नगरपालिका वडा नं.७ मा पालिकाबाट जम्मा बजेट ६० लाख, प्रदेशबाट २ कराेड ३० लाख र संघबाट ८ कराेड ८३ लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष धिरेस खनालले जानकारी दिनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे ।

साथै युवाहरूलाई लक्षित गर्दै विभिन्न वडा स्तरीय खेलकुदको व्यवस्था गरेको उहाँको भनाइ छ । त्यसै गरी कृषिकाे क्षेत्रमा विउ विजन वितरण गरेकाे छ ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु भइरहेको छ ।”

पछिल्लो समय वडा नम्बर ७ मा दशै तिहार नजिकीदै गर्दा सरसफाइको अभियानका साथ टोल टोलमा सरसफाइ गर्ने काम भइरहेको वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठले प्रष्ट पार्नुभयो ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

साथै वडाबासीहरूको आवश्यकतालाई मध्यनजर गर्दै योजनाहरू ल्याएको उहाँको भनाइ छ । उहाँले भन्नुभयाे, संघबाट बाटाेकाे कालाेपत्रे  गर्नकाे लागि बजेट विनियाेजन गरेकाे तर ठेकेदारकाे लापरबाइले काम गर्न सकिएकाे छैन ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे, ” युवाहरूलाइ लक्षित गर्दै वडास्तरीय भलिबलकाे लागि बजेट विनियाेजन गरिएकाे छ । ”

वडा अध्यक्ष खुम प्रसादर श्रेष्ठले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

Facebook Comments Box

Share Icon