Share Icon

बाँके । कृषि ज्ञान केन्द्र बाँकेको आयोजनामा राप्तीसोनारी ९ को बुचापुरमा बुधबार सरोकारवाला निकयका प्रतिनिधिहरुले संयुक्त अनुगमन र छ्लफल गरेका छन्।

प्रदेश सरकारको माटो सुधार कार्यक्रम अन्तरगत गड्यौला खेती कार्यक्रमको अनुगमन गरिएको हो ।

साकार कृषी सहकारी संस्था राप्तीसोनारी ५ को सहकार्यमा जन जागरण कृषि सहकारी संस्था राप्तीसोनारी ९ का १९ जना किसानहरुलाइ गड्यौला खेतीका लागि सहयोग गरिएको थियाे ।

अनुगमनमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिह राठौर,कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद, कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख खडानन्द अधिकारी लगायतको सहभागिता रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon