कबड्डी संघमा नयाँ कार्यसमिति

Share Icon

काठमाडौं । अखिल नेपाल कबड्डी संघकाे आज सम्पन्न अधिवेशनले तुलसी थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।

संघकाे उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी निर्वाचित हुनुभएकाे छ भने महासचिवमा अर्बिन्द्रकुमार झा, सचिवमा तर्कराज भट्ट र काेषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित हुनुभएकाे छ।

यस्तै सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चाैधरी, जयबहादुर बाेहरा, विन्दु थापा मगर, भगवती अधिकारी, निर्मलाकुमारी विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव र धिरेन्द्र राजवंशी निर्वाचित हुनुभएकाे छ । अधिवेशनमा ४२ जिल्लाका प्रतिनिधि सहभागी रहेका थिए ।

नयाँ कार्यसमितिकाे आजै बसेकाे पहिलाे बैठकले एक वर्षभित्र कबड्डी लिग टुर्नामेन्ट सुरू गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयाेजना गर्ने, १९ औँ एसियन खेलमा महिला कबड्डीलाई तत्काल वैदेशिक प्रशिक्षककाे व्यवस्था मिलाउने, प्रशिक्षणा तालिम दिने, महिला सशक्तीकरण कार्यक्रमलाई निरन्तरता दिइने र छ महिनाभित्र विसं २०३७ सालदेखि २०८० सम्म सम्पन्न अन्तर्राष्ट्रिय कबड्डी पदकधारी खेलाडीलाई नगदसहित सम्मानकाे कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.