क्यानडामाथि नेपालको रोमाञ्चक जित

Share Icon

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडामाथि रोमाञ्चक जित निकालेको छ ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले रोमान्चक जित हात पारेको हो ।

जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि दुई सय १७ रनमात्र बनाउन सक्यो । क्यानडाले २८ रनका लागि आफ्ना अन्तिम ६ विकेट गुमाएको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिए। ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए। क्यानडाका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय निकोलास किर्टन र पर्गत सिंहले अर्धशतक प्रहार गरे।

निकोलास किर्टनले ६० रनको योगदान गरे। पवन सर्राफबाट बोल्ड हुनुअघि उनले ९९ बलमा ७ चौका प्रहार गरे। नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिँदै तीन बलको अन्तरमा दुई विकेट लिदा खेल रोमाञ्चक मोडमा पुगेको थियो।

सुरुमा क्यानडाका उदय भगवानलाई नेपालका कप्तान रोहित कुमार पौडेलले ६ रनमा बोल्ड गरे। तीन बलपछि ललित राजवंशीले क्यानडाका साद बीन जोफरलाई एलबिडब्लूको धरापमा पारे।

यस्तै नेपालका ललित राजवंशीले डिलोन हेलिङ्गरलाई नवौं विकेटको रुपमा २ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला क्यानडालाई जितका लागि १९ बलमा १३ रन चाहिएको थियो भने १ विकेट मात्र बचेको थियो।

यसपछि ६ रन बनाएको क्याडनाका इश्वर सोधीलाई नेपालका कप्तान रोहित पौडेलले ४७.५ ओभरमा शून्यमा बोल्ड गर्दा नेपालले रोमाञ्चक जित हात पार्‍यो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.