नमुना वडा बनाउदै वडा अध्यक्ष पाठक
१२ माघ , काठमाडाैँ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।
ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष राम प्रसाद पाठक ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
ताप्लेजुङ जिल्लाका आठराई त्रिवेणी गाउँपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राम प्रसाद पाठक ।
पछिल्लो समय ताप्लेजुङ जिल्ला स्थीत आठराई त्रिवेणी गाउँपालिका वडा नं.१ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष पाठक अहोरात्र खटिरहनु भएको छ ।
प्रधान मन्त्रि केपि शर्मा वलिले सुकेपोखरि ठुङगेसारु भन्ने एउटा महत्तोपुर्ण योजनामा रकम विनियोजन गरेर जानुभएको थियो । र ४७.४८ किलोमिटर को बाटोको काम पनि कालोप्रत्रे काम सुचारु भईरहेको छ ।
सङघ तथा प्रदेशको समग्र अनुधान पनि ठेका मार्फत चलिरहेको छ । उँहाले मानव ससाधनलाई मध्यनजर गदै , १ देखी १२ सम्मको पढाई लाई नि निसुल्क दीने व्यवस्था गरेकाे उहाँले बताउनुभयाे ।
।
जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष पाठकले बताउनुभयाे ।
वडा अध्यक्षे वडा खबर सँग कुरा गर्दै भन्नुभयो, म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमास्थापित गर्न अहोरात्र खटिरहेको छु ।
पछिल्लो समय वडा नम्बर १ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
उहाँले भन्नुभयो, “हामीले नयाँ योजनाका विकास निर्माणका कामहरु उपभोक्ता समिती माफर्त काम सुरु भएको र बाँकी रहेको योजनाहरुलाई अनुभव गरेर टोल विकास र उपभोक्ता समिती मार्फत गर्ने तयारीमा छौँ ।
उहाँले भन्नुभयो, “ हामीले वडामा विशेष प्राथमिक्ता शिक्षा र कृषी लाई दिदैँ वडा नम्बर १ मा यो वर्ष पनि वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
वडामा शिक्षा, स्वास्थ्य र कृषीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तिव्र रुपमा भइरहेको उहाँले
बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समिती गठन गर्ने प्रकृयामा छाँै अब चाँडै यो प्रकृया सकेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाउने छौँ ।”
वडामा विशेष प्राथमिक्ता स्वास्थ्य र शिक्षालाई राखेर योजनाका काम तिव्र गतीमा रहेको उहाँले बताउनुभयो ।
वडामा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै हाल विकास योजना कामहरु कार्यान्यनका साथै उपभोक्ता समिति गठन भइरहेको उहाँले बताउनुभयो ।
उहाँले कतिपय योजनाहरु सम्झौता भइसकेको र अबको केही समयमा काम पनि सुरु हुने जानकारी दिनुभएको छ ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
। वडा नम्बर ८ प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







