समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ
४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
पछिल्लो समय कास्की जिल्ला स्थित मादी गाउँपालिका वडा नं.८ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ ।
मादी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मनोज गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।
उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, ” वर्षाको समयमा आएको झरीले बाटो सडक अबरुद्ध भएको थियो, उक्त बाटोसडकको स्तरउन्नति गर्ने काम सम्पन्न गरेका छौ । ”
त्यसै गरी खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने काम पनि सम्पन्न भएको उहाँले बताउनुभयो । त्यस्तै वडामा रहेको गोरेटो बाटोको सिढी बाटो बनाउने काम सम्पन्न भएको उहाँले बताउनुभयो ।
शिक्षाको क्षेत्रमा विद्यालयको घेरा बार लगाउने काम सम्पन्न भएको उहाँको भनाइ छ । वडा अध्यक्ष प्रेम बहादुर गुरुङ पहिले एक व्यावसायमा आबद्ध हुनुहुन्थ्यो ।
कृषिलाई मध्यनजर गर्दै सिचाँईको लागि कुलो निमार्ण गर्ने, तरकारीको विउँ विजन वितरण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ८ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।