शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ
गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङ स्थानिय तहको निर्वाचनमा भारी मत ल्याएर दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
पछिल्लो समय वडा नम्बर ७ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ ।
उहाँले भन्नुभयो,वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै शिक्षालाई कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्ने किसिमले , अभिभावकहरुलाई उत्प्रेरित गर्ने तालिम सञ्चालन गरेर महिना महिनामा विद्यालय गएर आफनो आफनो बच्चाको शैक्षिक गुणस्तरको परिक्षण गर्नको लागि वडाले विशेष पहल गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा जोड दिदै सुत्केरी महिलाहरुको लागि स्वास्थ्य चौकी सम्म आउन जानको लागि निशुल्क एम्बुलेन्सको लागि व्यवस्था गरेको , पोषणको लागि लोकल कुखुराको भाले वितरण गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
त्यसै गरी कृषि क्षेत्रको लागि पालिका मार्फत कृषि फर्मको स्थापना गरेको, कुन माटोमा कुन खेति उत्पादन बढि हुन्छ, त्यसको लागि माटो परिक्षणको प्राविधिक टोली आएर माटो परिक्षण गर्ने काम भईरहेको छ ।
त्यस क्षेत्रमा किबीको उत्पादन धेरै हुनेभएकोले बजार मार्केट पनि राम्रो रहेको उहाँले बताउनुभयो । त्यसै गरी उहाँले भन्नुभयो ,विभिन्न बाख्रा,खसी,बंगुरको फर्मको स्थापना गर्ने योजनामा रहेको छ ।
त्यसै गरी उहाँले भन्नुभयो, वडामा सडक बाटोलाई पहिलो प्राथमिकता दिदै बाटो सडकको स्तरउन्नति गर्दै कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेको उहाँले बताउनुभयो । वडाको चौतर्फी विकासको लागि वडामा हामी सदैब लागि परेका छौ ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।