Share Icon

काठमाडाैं । बर्दियाकाे गेरुवा गाउँपालिका वडा नम्बर १ ले विकासकाे फड्काे मारिरहेकाे छ ।

वडा नम्बर १ का वडाध्यक्ष कर्म प्रसाद चौधरीले निर्वाचित भएर आइसकेपछि वडाको सम्रग विकास निर्माणका कार्यलाई तीव्रता दिइरहेकाे बताउनु भयाे ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्ने कुनै कठिनाई नै नरहेको उहाँकाे भनाइ छ । वडाध्यक्ष चाैधरीले वडा खबरसँग कुरा गर्दै भन्नुभयाे, ‘वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौँ।’

उहाँले विशेष रूपमा शिक्षा, स्वास्थ, कृषिलाई जाेड दिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, नेपाल कृषि प्रधान देश भएकाेले वडामा कृषिका विभिन्र याेजना तथा कार्यक्रमहरू ल्याइएकाे छ।’

उहाँले गाउँपालिकाले पनि कृषिलाई विशेष ग्राहयता दिएका बजेट विनियाेजना गरेकाे बताउनु भयाे ।

वडाध्यक्ष चाैधरीले भन्नुभयो,’वडामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा विशेष जाेड दिएका छाैँ।’

उहाँले वडावासीकाे समस्यालाई ख्याल गरेर याेजना तथा कार्यक्रमहरू ल्याइएकाे बताउनु भयाे। उहाँले भन्नुभयाे, ‘मेरो वडामा ६ वटा गाउँ रहेको छ । जुन गाउँमा जे समस्या रहेकाे छ, साेही अनुसार याेजना तथा कार्यक्रमहरू ल्याइएकाे छ।’

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण १ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon