काठमाडाैं । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे आर्थिक सहयाेगमा कैलालीकाे बर्दगाेरिया गाउँपालिकाले ७ दिने उद्यमशिलता विकास र १ दिने लैगिंक समान्ता तथा समावेशीकरण तालिम सुरू भएकाे छ ।
बर्दगाेरिया गाउँपालिका वडा नम्बर ५ मा ७ दिने उद्यमशिलता विकास र १ दिने लैगिंक समान्ता तथा समावेशीकरण तालिम सुरू भएकाे हाे ।
वडा नम्बर ५ का वडा अध्यक्ष भाेलेराम चाैधरीले वडामा गरिवी निवारणकाे लागि लघु उद्यम विकास कार्यक्रम (मेडप) अन्तर्गत ७ दिने उद्यमशिलता गरिवी निवारणकाे लागि लघु उद्यम विकास कार्यक्रम (मेडप) अन्तर्गत ७ दिने उद्यमशिलता विकास र १ दिने लैगिंक समान्ता तथा समावेशीकरण तालिम सुरू भएकाे उहाँले बताउनु भयाे ।
उहाँले भन्रुभयाे, ‘तालिममार्फत वडावासीहरूलाई आत्मनिर्भर बन्ने कला सिकाइँदैछ।’ वडा अध्यक्ष चाैधरीले वडावासीकाे आर्थिक अवस्था वृद्धिमा टेवा पुग्ने उद्देश्यले याे तालिम आयाेजना गरिएकाे बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘तालिममार्फत अहिले सहभागी वडावासीहरूलाई आत्मनिर्भर बन्ने कलाकाे शैद्धान्तिक जानकारी प्रशिक्षकहरूले दिइ राख्नुभएकाे छ ।’ उहाँले वडावासीहरू शैद्धान्तिक जानकारी पश्चात सिकेका ज्ञान प्रयाेगात्मक रूपमा व्यवहारमा लागू गर्ने बताउनु भयाे ।
वडा अध्यक्ष चाैधरीले वडावासीहरूलाई याे तालिमले नयाँ उर्जा प्रदान गर्ने उद्देश्य लिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘ याे तालिमबाट सिकेका ज्ञानले वडावासीकाे आर्थिक अवस्था सुधार्नकाे लागि सहयाेग पुग्ने छ।’
उहाँले पछिल्लाे समय वडावासीकाे लागि विभिन्न निकायसँग समन्वय गरेर याेजना तथा कार्यक्रमहरू ल्याइरहेकाे बताउनुभयाे ।
