Share Icon

बर्दिया । बढैयाताल गाउँ पालिका ८ नं वडा कार्यालय स्याउली बजार बर्दियाले व्यवसायिक कृषकलाई सिचाइ पाइप वितरण गरेको छ ।

वडाको लक्षित कार्यक्रम अन्तरगत व्यवसायिक तरकारी पेशामा आवद्ध २४ जना कृषकलाई आज दुई लाख बराबरको ३६ राेल सिचाई पाइप निःशुलक वितरण गरेको हो ।

८ नं वडाका अध्यक्ष तेजनाथ पौडेलेले कृषि व्यवसायमा प्रोत्साहन गर्न वडाले निःशुल्क रुपमा पाइप वितरण गरेको बताउनुभयाे।

परम्परागत कृषि पेसा लाई आधुनिक प्रविधिमा जोड्दै कृषि पेसालाई आर्थिक समृद्धिको मुख्य आधार बनाउनु पर्नेमा जोड दिए।

बढैयाताल ८ नं वडा अन्तरगत मयुरबस्ती, मुनालबस्ती, नयाँबस्ती, कण्ठपुर, तिलकाना र पशुपतिबजारका युवादेखि जेष्ठ नागरिकसम्मका महिला तथा पुरुष व्यवसायिक कृषि पेसामा आबद्ध भएका छन् ।

स्थानीय सरकारले कृषि पेसालाई मर्यादित र सम्मानित पेशामा रुपान्तरण गर्दै बेरोजगार युवालाई कृषि पेशामा आवद्ध गराइ स्वरोजगारको सिर्जना गर्नु पर्ने र सिजन अनुसार बिउ, मल र सिचाईको व्यवस्थाको ग्यारेण्टी गर्न रणनितक योजना बनाउनु पर्ने किसानको भनाइ छ ।

वडामा सक्रिय रुपमा तरकारी खेती गर्दै आएका २४ जना कृषक मध्ये २ कट्ठा देखि ७ कट्ठा सम्म १ रोल र ८ कट्ठा देखि माथि तरकारी खेति गर्दै आएका कृषक लाई २ रोल सिचाई पाइप प्रदान गरे्को वडा सचिब स्वस्तिका पौडेलले दिनुभयाे ।

Facebook Comments Box

Share Icon