Share Icon

१ पाैष, काठमाडाैं । जानकी गाउँपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ । याे गाउँपालिका साविकका दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गरी ४ ओटा गाउँ विकास समिति मिलेर बनेकाे हाे । संघीय संरचनाअनुसार  याे गाउँपालिकामा ९ वटा वडा कायम रहेकाे छ ।

याे वडामा रहेकाे ९ वटा वडामध्ये वडा नम्बर २ मा व्यापक विकासका कामहरु भइरहेका छन् । अहिले वडा नम्बर २ मा विकासले फड्काे मारिरहेकाे छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने ज्वलन्त उदाहरण बनेका छन् वडा नम्बर २ वडाध्यक्ष चक्र बहादुर बिष्ट ।

वडाध्यक्ष बिष्टले वडामा अहिले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतकाे क्षेत्रमा विकास भइरहेकाे बताउनु भयाे ।

उहाँले युवाहरुलाई लक्षित गरी कम्प्युटर शिक्षा सिकाउने कार्यक्रम ल्याइएकाे छ । उहाँले भन्नुभयो, ‘अहिले हामीले कुनै एउटा कम्प्युटर इन्सिच्युटमा कम्प्युटर शिक्षा युवाहरुलाई सिकाउने उत्कृष्ट भएकोलाई वडामा रोजगारी दिने याेजना बनाएका छाैँ।’

उहाँले कम्प्युटर इन्सिच्युटबाट कम्प्युटर सिकेका युवामार्फत वडा कार्यालयकाे भवनमा पुन: नयाँ युवाहरुलाई कम्प्युटर सिकाइने बताउनु भयाे।

योजनाबद्ध याेजना तथा कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस वडाकाे अपेक्षित विकासमा धक्का लागेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘ यसका वाबुजुद वडाको चौतर्फी विकास जस्तै शिक्षा, स्वास्थ्य, कृषि,रोजगारी, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम गर्ने काम भइरहेकाे छ।’

परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश: आधुनिक जीवनशैलीमा रमाउने वातावरण तयार गर्नमा लागिरहेको उहाँले बताउनु भयो ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण २ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

 

Facebook Comments Box

Share Icon