Share Icon

१ पाैष, काठमाडाैं । जोशीपुर गाउँपालिका सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको संघीय निर्वाचन क्षेत्र नं १ मा पर्छ ।

जोशीपुर गाउँपालिका साविकका जोशीपुर र बौनिया गरी २ ओटा गाउँ विकास समिति मिलेर बनेकाे हाे ।

संघीय संरचनाअनुसार याे गाउँपालिकामा ७ वटा वडा रहेकाे छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अनर कुमार चौधरी जोशीपुर गाउँपालिका वडा नम्बर ५ काे अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे छ।

वडा नम्बर ५ अन्न तथा धानबाली उत्पादनकाे पकेट क्षेत्रकाे रुपमा परिचित छ । याे वडा कृषि उत्पादनमा अग्र स्थानमा छ ।

वडा अध्यक्ष अनर कुमार चौधरीले वडालाई समृद्ध बनाउन हरेक काेणबाट प्रयास गरिरहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘त्यसका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएकाे छ।’

परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक कृषि प्रणालीकाे वातावरण सिर्जना गरिरहेकाे उहाँले बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘स्थानीय जनशक्ति आयआर्जन र जीवन निर्वाहका लागि मजदुरी तथा विदेशिने क्रम बढिरहेको छ, त्यसलाई रोक्न कृषि कार्यक्रम ल्याइएकाे छ ।

उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रकाे याेजना तथा कार्यक्रमहरु ल्याइएकाे बताउनु भयाे ।

उहाँले गाउँ परिषदबाट पारित भएकाे याेजना तथा कार्यक्रमहरु द्रुत गतिमा अघि बढाइएकाे बताउनु भयाे । उहाँले शिक्षालाई विशेष जोड दिएकोले प्रत्येक विद्यालयमा अतिरिक्त क्रियाकलापहरुका लागि वडाबाट बजेट विनियाेजन गरिएकाे बताउनु भयाे ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ५ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

 

Facebook Comments Box

Share Icon