२९ असार,काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ ।
सभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गर्नुभएको हो ।
राष्ट्रियसभाको आजको बैठकले ती विधेयक पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३१ गते आइतबार दिनको १ बजे बस्नेछ ।
Facebook Comments Box
Related posts:
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष आलेले एक वर्षमा केके काम गरे ?

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै

राष्ट्रसंघका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाँदै

