वडामा रहेका सबै घरमा खानेपानी पुर्याउने याेजनामा छुः अध्यक्ष राई
१९ असाेज, काठमाडाैं । माहाकुलुङ गाउँपालिका नेपालका ७ सय ५३ स्थानीय तहमध्ये एक हो । यो प्रदेश नं. १ को सोलुखुम्बु जिल्लामा पर्छ । तत्कालिन बुङ, छेस्काम र गुदेल गाविस समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हाे । मेरापिक, सिलुछो डाँडा, केन्पा डाँडाको तीनतिर सीमा रहेको यो गाउँपालिका ६४८.०५ वर्ग किलो मिटरमा फैलिएर २७.३७' देखि २७.६२' उत्तरी अक्षांश र ८६.५०' देखि ८६.८४' पूर्वी देशान्तरमा अवस्थित रहेको छ । वि.सं. २०६८ को जनगणना अनुसार ११ हजार ४ सय ५२ जनसंख्या रहेको यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिका, उत्तरमा खुम्बुपासाल्हामु…
