ओली भेट्न प्रचण्ड, लामिछाने र लिङ्देन बालकोट पुगे
१० पाैष, काठमाडौं । सत्ता गठबन्धन भाँडिएसँगै नयाँ सरकार बनाउन अंकगणित पुर्याउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भीडभाड बढेको छ ।
सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग छलफलका लागि पुगेका हुन् ।
Facebook Comments Box







