Share Icon

♠हस्ता विष्ट
२९ फागुन,काठमाडाैँ । सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी ९ कर्म क्षेत्र० रहेको यस व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा.वि.स.को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको हो ।

२४८.०० वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकालाई १४ वटा वडामा ९२०७९ असार ३० गतेसम्म २४८ टोल० विभाजन गरिएको छ । जसमध्ये वडा नं. १, २, ३ र ४ शहरी क्षेत्र, वडा नं.५, ७, १० र ११ अर्धशहरी क्षेत्र र बाँकी सबै वडाहरु ग्रामिण क्षेत्रमा पर्दछन् ।

यो नगरपालिका समुन्द्री सतहबाट २८० मी. देखि १२४५ मी. सम्म उचाईमा रहेको छ भने न्यूनतम ८.४० सेल्सियस देखि अधिकतम ३७.०० सेल्सियस सम्म तापक्रम हुनुका साथै औषत वार्षिक वर्षा १९६०.६ मि.मि. हुने गरेको छ ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित व्यास नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जिवन गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

व्यास नगरपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष जिवन गुरुङ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ ।

व्यास नगरपालिका वडा नं.  ६ मा पालिकाबाट जम्मा बजेट १ करोड २५ लाख, संघबाट १ करोड, प्रदेशबाट ७५ लाख र नगरबाट ९५ लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष जिवन गुरुङले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष  गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।

उहाँले भन्नुभयाे,  ” वडामा रहेका जम्मा याेजनामध्ये ६० प्रतिशत सम्पन्न भइसकेकाे र ३५ प्रतिशत याेजनाहरूकाे काम भइरहेकाे तथा  ५ प्रतिशत सम्झाैता गरि काम सुरू हुन लागेकाे छ । ”

वडा अध्यक्ष गुरुङले भन्नुभयो, ” वडामा बाटोलाई पहिलो प्राथमिकता दिए साथसाथै बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने ढलान गर्ने र कुनै बाटो कालोपत्रे गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा विशेष जोड दिदै वडामा रहेका सामुदायिक विद्यालयमा विद्यालयको मर्मत सम्भार गर्ने, साइनस ल्याबको व्यवस्था गरेको, अपांगमैत्रि शौचालयको निमार्ण गरेको वडा अध्यक्ष गुरुङकाे भनाई छ ।

कृषिको क्षेत्रमा मध्नजर गर्दै विभिन्न तरकारीहरुको विउँ विजन वितरण गरको , कृषि औजारहरु हाते टयाक्टर वितरण गरेको र मौरीको घार वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” स्वास्थ्यको क्षेत्रमा वडामा नयाँ स्वास्थ्यको भवन निमार्ण सम्पन्न गरेर वर्थिङ सेन्टरको स्थापना गरेको ,स्वास्थ्य सिविर सञ्चालन गरेर विभिन्न स्वास्थ्य सम्बन्धि सेवा सुविधाहरु दिइरहेकाे र महिलाहरुलाई सिपमुलक तालिमहरू ३ दिने सेनिटरी प्याडहरु निमार्ण गर्ने तालिम   सम्पन्न  गरेका छाै । ”

युवाहरुलाई लक्षित गर्दै वडास्तरीय खेलकुदहरु भलिबल, फुटबलहरु व्यवस्था गरेको र केहि खेलहरु सम्पन्न भईसकेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”

उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon