Share Icon

१२ असाेज,काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि अहिले मतदान जारी रहेकाे छ।

बिहिबार नै मतदान हुने भनिएता पनि सहमतिका लागि भन्दै मतदान शुक्रबारका लागि तय गरिएको थियो । शुक्रबार बिहान ८ बजेदेखि मतदान हुने भनिएको निर्वाचन प्रक्रिया केही बेर अघि मात्रै सुरु भएको हो ।

प्रदेश कमिटीको अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्रै प्रतिस्पर्धा भएको छ ।

त्यसैगरी सचिवमा हस्त पण्डित र नवराज सिलवाल उम्मेदवार रहेका छन् ।

Facebook Comments Box

Share Icon