बागमतीमा मेरो कोही उम्मेदवार छैन: अध्यक्ष ओली

Share Icon

१२ असाेज,काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश अधिवेशनमा आफू कुनै उम्मेदवारको पक्षमा नरहेको बताउनुभएकाे छ।

उहाँले आफू सकेसम्म सहमतिमा र सहमति हुन नसके स्वस्थ निर्वाचनको पक्षमा रहेको बताउनुभएकाे हाे ।अध्यक्षका उम्मेदवार कैलाश ढुंगेललाई समर्थन रहेको टिप्पणीप्रति असहमति जनाउँदै उहाँले भन्नुभयाे-‘न मैले फलानालाई भोट दिनु, फलानालाई नदिनु भनेको छु । मैले सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् मात्र भनेको छु ।’

एमाले विरोधिहरू र केही सञ्चारमाध्यमले आफ्नो इच्छा थोपार्न मात्र अनेक हल्ला चलाएको उहाँको तर्क छ। कोशी प्रदेश अधिवेशनको शुक्रबार नै उद्घाटन हुने भएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.