बागमती प्रदेश अधिवेशन

बागमतीमा मेरो कोही उम्मेदवार छैन: अध्यक्ष ओली

बागमतीमा मेरो कोही उम्मेदवार छैन: अध्यक्ष ओली

१२ असाेज,काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश अधिवेशनमा आफू कुनै उम्मेदवारको पक्षमा नरहेको बताउनुभएकाे छ। उहाँले आफू सकेसम्म सहमतिमा र सहमति हुन नसके स्वस्थ निर्वाचनको पक्षमा रहेको बताउनुभएकाे हाे ।अध्यक्षका उम्मेदवार कैलाश ढुंगेललाई समर्थन रहेको टिप्पणीप्रति असहमति जनाउँदै उहाँले भन्नुभयाे-‘न मैले फलानालाई भोट दिनु, फलानालाई नदिनु भनेको छु । मैले सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् मात्र भनेको छु ।’ एमाले विरोधिहरू र केही सञ्चारमाध्यमले आफ्नो इच्छा थोपार्न मात्र अनेक हल्ला चलाएको उहाँको तर्क छ। कोशी प्रदेश अधिवेशनको शुक्रबार नै उद्घाटन हुने भएकाे छ।
Read More
एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आजबाट सुरू

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आजबाट सुरू

९ असाेज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको अधिवेशन अन्तर्गत बन्दसत्र मंगलबारदेखि सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बिहान ८ बजेदेखि बन्दसत्र सुरू हुने भएको हाे । अधिवेशनमा प्रदेशभरबाट करिब १२ सय जना प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ । प्रदेश अध्यक्षमा ५ जना नेताले आकांक्षा देखाएका छन् । अध्यक्षमा कैलाश ढुङ्गेल, कृष्ण दाहाल, केशवराज पाण्डे, कृष्णभक्त पोखरेल र सानुकुमार श्रेष्ठले आकांक्षा देखाएका हुन् । सोमबार भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.