Share Icon

९ असाेज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको अधिवेशन अन्तर्गत बन्दसत्र मंगलबारदेखि सुरु हुँदैछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बिहान ८ बजेदेखि बन्दसत्र सुरू हुने भएको हाे । अधिवेशनमा प्रदेशभरबाट करिब १२ सय जना प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ ।

प्रदेश अध्यक्षमा ५ जना नेताले आकांक्षा देखाएका छन् । अध्यक्षमा कैलाश ढुङ्गेल, कृष्ण दाहाल, केशवराज पाण्डे, कृष्णभक्त पोखरेल र सानुकुमार श्रेष्ठले आकांक्षा देखाएका हुन् । सोमबार भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनमा प्यानल बनाउने व्यक्तिको उम्मेदवारी नै खारेज गरिदिने चेतावनी दिनुभयो ।

सर्वसम्मत नभए व्यक्तिगत चुनाव लड्नुपर्ने तर, प्यानल बनाउन नपाइने उहाँले बताउनुभएकाे थियाे ।

 

 

 

Facebook Comments Box

Share Icon