टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद्मा पुगेन

Share Icon

काठमाडौं । टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद् सचिवालयलाई प्राप्त नभएको बताइएको छ ।

आइतबार रायमाझी पक्राउ परेपनि त्यस सम्बन्धी सूचना संसद् सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद् सचिवालय स्रोतले जनाएको छ। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसद्‌मा त्यसबारे सूचना दिनुपर्ने हुन्छ।

‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ’ नियमावलीको नियम २४८ मा छ। संविधानको धारा १०३ मा संसद्‌मा बोलेको विषयका कारण सांसद पक्राउ पर्न नसक्ने तर फौजदारी अभियोग लागेको खण्डमा भने पक्राउ गर्न बाधा नपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परिसकेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.