Share Icon

९ असाेज, काठमाडौं । चिनमा जारी १९ औं एशियाली खेलकुदको महिला फुटबलमा जापानले नेपाललाई ८–० ले  पराजित गरेकाे छ ।

पूर्वविश्वकप विजेता जापानले पहिलो हाफमा नेपालमाथि पाँच गोल गरेको हाे । दोस्रो हाफमा तिन गोल थपेको थियो । विश्वकै बलियो फुटबल टोली जापानविरुद्धको खेलमा नेपालका खेलाडीहरु पूरै समय रक्षात्मक बन्नु परेको थियो।

समूहको पहिलो खेलमा नेपाललाई भिएतनामले २–० ले  पराजित गरेको थियो । जापानले भने आफ्नो पहिलो खेलमा बंगलादेशमाथि ८–० को जित निकालेको थियो। सोमबार नै भएको समूहको अर्को खेलमा भिएतनामले बंगलादेशलाई ६–१ ले पराजित गरेकाे थियाे ।

यो समूहबाट जापान र भियतनाम नक आउट चरणमा प्रवेश गरिसकेका छन् । नेपालले आफ्नो अन्तिम खेलमा बिहीबार बंगलादेशसँग खेल्ने भएकाे छ ।

सोही दिन हुने जापान र भिएतनामबीचको अन्तिम खेलले समूह विजेताको टुंगो लगाउने छ ।

Facebook Comments Box

Share Icon