Share Icon

१२ असाेज, काठमाडाैं । संघीय व्यवस्था अनुसार नेपालमा संघ,सात प्रदेश र ७ सय ५३ वटा स्थानीय तहको गठन भएको छ।

जसमा कोशी प्रदेश ओखलढुङगा जिल्लामा ८ स्थानीय तह रहेका छन् । जिल्लामा १ नगरपालिका र सात वटा गाउँपालिका मध्ये माने भन्ज्याङ गाउँपालिका एक हो। यो गाउँपालिका १ सय ४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ वडा नम्बर ५ मा रहेको छ। यस गाउँपालिकाको सीमाना पूर्वमा खोटाङ,पश्चिममा सुनकोशी गाउँपालिका ,उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर जिल्ला रहेको छ ।

२१ हजार ८२ जना कुल जनसंख्या भएको यस गाउँपालिकामा मुख्यतः राई,मगर,तामाङ,क्षेत्री,बाहुन,नेवार,भुजेल,माझी,कामी,दमाई र सार्की आदि जातजाति भाषा-भाषीको बसोबास रहेको छ। ९ वटा वडामा विभाजित यस गाउँपालिकामा कुल ४ हजार ६ सय १८ घर संख्या रहेका छन्।

माने भन्ज्याङ गाउँपालिका-९ का वडा अध्यक्ष पूर्ण बहादुर मगरले बजेट अभावका कारणले विकास निर्माणका याेजनाहरू पूरा हुनेमा आशंका रहेकाे बताउनुभएकाे छ । बजेट अभावकै कारणले साेही वडामा पक्की पुलकाे निर्माणकाे काम सम्पन्न हुन नसकेकाे उहाँकाे भनाइ छ।

विद्युतकाे केन्द्रीय लाइन १० प्रतिशत पूरा गर्न बाँकी रहेकाे उहाँले बताउनुभयाे । साथै समग्र रूपमा  शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा नै काम भइरहेको पनि उहाँले बताउनुभयो ।

कृषि क्षेत्रमा आधुनिक तरिकाले खेती गर्न सुरू गरिएकाे उहाँले बताउनुभयाे । विशेष गरेर सामाजिक सुरक्षा भक्ता घर-घरमै लगेर दिने व्यवस्था गरिएकाे पनि उहाँले बताउनुभयाे । ५ वर्षभित्रमा ५१ प्रतिशत जनताका माग पूरा गर्न सकिने उहाँकाे भनाइ छ ।

पर्यटन क्षेत्रलाई पनि अगाडि बढाउने पहल भइरहेकाे र साथै सामुदायिक विद्यालयहरू सुधार गर्ने याेजना रहेकाे उहाँकाे तर्क छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ९ लाई पालिकाले ३२ लाखको बजेट सिलिङ गरेको उहाँले बताउनुभयो ।

अन्त्यमा पछिल्लाे समय वैदेशिक राेजगारीमा जाने युवा जमातलाई राेक्नका लागि वडाकाे तर्फबाट विशेष पहल भइरहेकाे पनि उहाँकाे भनाइ थियाे ।

 

Facebook Comments Box

Share Icon