Share Icon

१० माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित तामाकोशी गाउँपालिका वडा नं. ३ का राम प्रसाद काफ्ले गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा तामाकोशी गाउँपालिका वडा नं.३ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

अध्यक्ष काफ्ले अघिल्लो कार्यकालमा पनि निर्वाचीत हुनुभएको थियो । अघिल्लो कार्यकालमा जनताका समस्याहरु समाधानको साथै योजनाहरु सबै सम्पन्न गरेकोले जनताले पुनः अध्यक्ष्य पदमा जिताएकोे उहाँले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष राम प्रसाद काफ्लेले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै  विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

त्यसैगरी अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरु गर्दै, यो वर्ष पनि वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समिती गठन गर्ने प्रकृयामा छाैँ अब चाँडै यो प्रकृया सकेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाउने छौँ ।”

वडामा सडकलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरू तिव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले हाल वडामा खानेपानी र सिचाईको कामहरु भइरहेको बताउनुभयो ।

शिक्षा क्षेत्रलाई गुणस्तर बनाउनको लागी बालबालीकाहरुलाई प्रोत्साहन गर्न सम्बन्धीत कार्यक्रमहरु राखे सँगै प्राविधीक तर्फ अध्यन गर्ने विद्यार्थिहरुलाई छात्रवृतीको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी उहाँले विद्यालयहरुको भौतीक संरचना र पुर्वाधारहरु निर्माण तथा मर्मत गर्न पनि बजेट विनीयोजन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले महिलाहरुको लागी लघु उद्यमीमार्फत सिलाई बुनाई लगाएत सिप मुलक कार्यक्रमहरु राखेका छौँ ।”

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचीत भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष काफ्लेले भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon