पुष्पकमल दाहाल

प्रधानमन्त्री दाहाल आज माओवादीको आधार इलाका रूकुम पश्चिममा

प्रधानमन्त्री दाहाल आज माओवादीको आधार इलाका रूकुम पश्चिममा

९ कार्तिक, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार माओवादीको आधार इलाका रुकुम पश्चिममा पुग्नुभएकाे छ। जिल्लाको एक शहीद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत उहाँ रुकुम पश्चिममा पुग्नु भएकाे हाे । रुकुम पुगे लगत्तै उहाँ जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत हुनुभएकाे हाे । साथै शहीद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका रहेको र बिहीबार नै काठमाडौं फर्किने कार्यतालिका रहेको जनाइएकाे छ। नेकपा माओवादी केन्द्रका  उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि जिल्लामा पुगेका छन्।
Read More
विजया दशमीको अवसरमा प्रधानमन्त्री दाहालले दिए शुभकामना

विजया दशमीको अवसरमा प्रधानमन्त्री दाहालले दिए शुभकामना

७ कार्तिक,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विजया दशमीको अवसरमा मंगलबार शुभकामना व्यक्त गर्नुभएको छ । मंगलबार शुभकामना सन्देश जारी गर्दै दिंदै उहाँले  सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ।  सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यवद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति महत्वपूर्ण रहेको समेत उहाँले बताउनुभयो । जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर मुलुकको विकासमा लाग्न उहाँले सबैसँग आग्रह गर्नुभएको छ । विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना ,प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने जारी शुभकामना सन्देशमा…
Read More
प्रधानमन्त्री दाहाल आज बझाङ जाँदै

प्रधानमन्त्री दाहाल आज बझाङ जाँदै

१९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार भूकम्प प्रभावित बझाङ जिल्लामा जानु हुने भएकाे छ । शुक्रबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकाेप्टरबाट बझाङ प्रस्थान गर्ने कार्यक्रम तय भएकाे हाे । उहाँले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री दाहाललाई भूकम्पबाट प्रभावित प्रतिनिधिमूलक ठाउँहरु देखाउने तयारी गरिएको बताउनुभएकाे छ । बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते…
Read More
प्रधानमन्त्री दाहालद्वारा अमेरिका र चीन भ्रमणका ४० बुँदे उपलब्धी सार्वजनिक

प्रधानमन्त्री दाहालद्वारा अमेरिका र चीन भ्रमणका ४० बुँदे उपलब्धी सार्वजनिक

१३ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ समकक्षी लि छियाङसँग भएका सम्झौता सार्वजनिक गर्नुभएकाे छ । उहाँले आफ्नो अमेरिका तथा चीन भ्रमणका ४० बुँदे उपलब्धी शनिबार सार्वजनिक गर्नुभएकाे हाे । प्रधानमन्त्री दाहालले त्रिभुवन विमानस्थलमा असोज ८ गते चिनियाँ समकक्षी लिसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता भएको र सो क्रममा सहकार्यका विविध विषयहरूमा सविस्तार छलफल भएको जानकारी गराउनुभयाे। भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीन तर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भू-भागमा केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युतको पहुँच पुर्याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान गर्ने पनि उहाँले बताउनुभयाे । विभिन्न स्थानमा सडक निर्माण तथा सडक स्तरोन्नति, स्वास्थ्य तथा कृषि…
Read More
चीनका राष्ट्रपति सी आफूले राखेको धारणाप्रति पूर्ण रूपमा सकारात्मकः प्रधानमन्त्री दाहाल

चीनका राष्ट्रपति सी आफूले राखेको धारणाप्रति पूर्ण रूपमा सकारात्मकः प्रधानमन्त्री दाहाल

१३ असाेज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार बिहान स्वदेश फर्किनुभएकाे छ । शनिबार बिहान काठमाडौं आइपुग्नु भएका प्रधानमन्त्री दाहालले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको सम्बन्ध केन्द्रित हुने बारेमा आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपति सी  जिनपिङले पूर्ण  रूपमा समर्थन जनाउनु भएकाे बताउनुभयाे । विगतमा दुई देशकाबीचमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त भएको उहाँले जानकारी गराउनुभएकाे छ। चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेपछिको यो नै उच्चस्तरीय भ्रमण रहेको बताउँदै उहाँले कोभिड-१९ का कारण धेरै लामो समयदेखि कूटनीतिक…
Read More
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

१३ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किनु भएको छ । संयुक्त राष्ट्रसंघकाे ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । उतैबाट यहि असोज ६ गते चीन पुग्नु भएका प्रधानमन्त्री दाहाल शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्किनु भएको हो । छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूत लगायतले प्रधानमन्त्री दाहाललाई बिदाइ गरेका थिए । त्रिभुवन विमानस्थलमा सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले प्रधानमन्त्री दाहाललाई स्वागत गरेका छन् ।
Read More
प्रधानमन्त्री दाहालले आजै चिनियाँ राष्ट्रपति सीसँग भेट्ने

प्रधानमन्त्री दाहालले आजै चिनियाँ राष्ट्रपति सीसँग भेट्ने

६असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार चीन पुग्नु भएको छ। उहाँले शनिबार नै चीनका राष्ट्रपति सी जिनफिङबीच भेटवार्ता हुने भएकाे हाे । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल शुक्रबार न्युयोर्कबाट चीन जानुभएको हो । हाङझावमा हुने एशियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री दाहालले राष्ट्रपति सीसँग भेटवार्ता गर्नुहुने जनाइएकाे छ । उहाँ आइतबार चीनको राजधानी बेइजिङ जाने र सोमबार भने चिनियाँ प्रधानमन्त्री लि छियाङ्सँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सको अवलोकन समेत गर्नुहुने भएकाे छ । बेइजिङबाट छेन्तु हुँदै प्रधानमन्त्री दाहाल आगामी शनिबार मात्रै स्वदेश फर्कने…
Read More
अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

५ असाेज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गर्नुभएको छ । महासभामा भाग लिन पुग्रनुभएका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा वाइडेनले दिएको रात्रिभोजका क्रममा प्रधानमन्त्री दाहालले वाइडेनसँग भेट गर्नुभएको हो । भेटपछि प्रधानमन्त्री दाहालले न्यानो आतिथ्यताका लागि वाइडेन दम्पतीलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहाल अमेरिकाबाट  शनिबारदेखि चीन भ्रमणमा जाँदैहुनुहुन्छ । प्रधानमन्त्री दाहालले सेप्टेम्बर २३ देखि ३० सम्म चीनको भ्रमण गर्न लाग्नु भएको हो । गत भदौ ३० गते  उहाँ अमेरिका जानु भएको थियो ।        
Read More
अन्तर्राष्ट्रिय समुदायले गरेका प्रतिवद्धता पूरा गर्नुपर्छः प्रधानमन्त्री दाहाल

अन्तर्राष्ट्रिय समुदायले गरेका प्रतिवद्धता पूरा गर्नुपर्छः प्रधानमन्त्री दाहाल

२ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नुभएकाे छ। विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयन हुनुपर्ने बताउनुभएकाे हाे । एसडीजी प्रोत्साहन प्याकेज मार्फत अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि उहाँले आग्रह समेत गर्नुभयाे। कोभिड-१९ काे महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसवाट उम्कन उद्धार योजना जरुरी रहेको समेत उहाँले बताउनुभयाे ।…
Read More
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

१ असोज, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उहाँहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच छलफल भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री दाहाल शनिबार अमेरिका जानु भएकाे थियाे । उहाँले यहि असोज ४ गते महासभालाई सम्बोधन गर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.