Share Icon

१३ असाेज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार बिहान स्वदेश फर्किनुभएकाे छ ।

शनिबार बिहान काठमाडौं आइपुग्नु भएका प्रधानमन्त्री दाहालले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको सम्बन्ध केन्द्रित हुने बारेमा आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपति सी  जिनपिङले पूर्ण  रूपमा समर्थन जनाउनु भएकाे बताउनुभयाे ।

विगतमा दुई देशकाबीचमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त भएको उहाँले जानकारी गराउनुभएकाे छ। चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेपछिको यो नै उच्चस्तरीय भ्रमण रहेको बताउँदै उहाँले कोभिड-१९ का कारण धेरै लामो समयदेखि कूटनीतिक भ्रमण रोकिएकोमा आफ्नो चीन भ्रमणबाट दुई देशकाबीचमा प्रगाढ सम्बन्ध निर्माण गर्न मद्दत पुगेको आफूले विश्वास लिएको बताउनुभयाे ।

भ्रमणको दौरान चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत रूपमा भएको छलफलबाट नेपाल चीन सम्बन्धमा थप उचाइमा पुगेको बताउँदै उहाँले विगतमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरिएको उल्लेख गर्नुभयाे ।

 

 

Facebook Comments Box

Share Icon