९ कार्तिक, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार माओवादीको आधार इलाका रुकुम पश्चिममा पुग्नुभएकाे छ।
जिल्लाको एक शहीद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत उहाँ रुकुम पश्चिममा पुग्नु भएकाे हाे । रुकुम पुगे लगत्तै उहाँ जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत हुनुभएकाे हाे ।
साथै शहीद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका रहेको र बिहीबार नै काठमाडौं फर्किने कार्यतालिका रहेको जनाइएकाे छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि जिल्लामा पुगेका छन्।
Facebook Comments Box
Related posts:

स्वर्णिम वाग्ले भन्छन् – मालदार मन्त्रालय पाउन १०औं करोडको ‘डिल’ हुन्छ भन्ने छ

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्दै छु : प्रवक्ता ढकाल

प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट

